नदितटीयजंगलकाप्राचुरता रहेको यस वनको प्राकृतिकतवरले पुनःउत्पादनभएका र वृक्षारोपण गरिएका क्षेत्रहरु रहेकाछन् । यो वन वरण्डाभार क्षेत्र र चितवन राष्ट्रियनिकुञ्ज संग जोडिएकोले जैविकविविधता संरक्षण दृष्टिकोणले महत्वपुर्ण रहेको छ । यहां पाइने बोटविरुवाहरुमाविलाउने, पड्के, सिमल, सिसौ, भेलोर, तथाखयर रहेका छन् । यस वनमा रुख ८१ प्रजाति, स्तनधारी जनावर २१ प्रजाति, चरा १९५ प्रजाति, जडिबुटि १५० प्रजाति र माछा २७प्रजातिकापाइन्छन् । संरक्षणकार्यको छोटो अवधिमै बाघमारा मध्यवर्ती सामुदायिकवनपशुपंक्षीहरुको संयुक्तबासस्थानभईसकेको छ । धनेशजस्तादुलर्भ चराहरु रहेको यस वनमा संसारबाटै लोप हुंदै गइरहेको एक सिंगे गैंडा, बाघ, घडियाल, मगर गोही, सुन गोहोरो, चितुवा, चित्तल, रतुवा, जरायो तथाबंदेलहरु पाइन्छन् । घनावनतथाअग्लासिमलका रुखहरु भएकोले यो क्षेत्र पंक्षीहरुकालागिपनिउपयुक्तबासस्थानभएको छ । फाल्गुण–चैत्र महिनामाप्रशस्तमामात्रामाबसाई सरी आउने चराहरुको बासस्थान रहेको यस वनमाव्यवस्थीतघांसेमैदानतथासिमसार क्षेत्रको कारणले गर्दा जंगलीजनावरको संख्यामा समेत क्रमिक रुपमा सुधार भइरहेको छ । वनको मध्यक्षेत्रमाअवस्थितकरिब एक किलोमिटर लामो बाघमारा ताल चराचुरुगीं तथावन्यजन्तु अवलोकनकालागिउत्तम स्थानहो । उत्तर पश्मिबाटबग्ने बुढी राप्तीनदिमा रहेको अंगारी दह गोहीबासस्थानकालागिप्रख्यात छ ।